फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

शहीदहरुको सम्मान, देशको प्रगति !

शहीद प्रतिष्ठान,नेपाल

Read More

नमस्कार ! शहीद प्रतिष्ठान नेपालमा स्वागत छ।

२०६४ साल असोज ९ गते (सेप्टेम्बर २६, २००७) पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संरक्षकत्व तथा पूर्व मन्त्री पोष्टबहादुर बोगटी ‘दिवाकर’ को अध्यक्षतामा काठमाडौंमा शहीद प्रतिष्ठान नेपालको स्थापना भएको थियो । मिति २०६५-४-२९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तत्कालीन कानून अनुसार दर्ता भएको  यस प्रतिष्ठानमा स्थापना कालमा १५ जनाको केन्द्रीय तदर्थ समिति बने पनि पछि ७ हुदै हाल ९ सदस्यीय कार्यसमिति क्रियाशील रहेको छ । दिवंगत पोष्टबहाद’र बोगटी संस्थापक अध्यक्ष हुदै प्रतिष्ठानमा हितराज पाण्डे, एकराज भण्डारी र कृष्णप्रसाद सापकोटाले विभिन्न कार्यकालमा अध्यक्षता गरिसक्न’ भएको छ । हाल शहीद प्रतिष्ठान नेपालमा धर्मशीला चापागाईं अध्यक्ष हुनुहुन्छ । 
प्रतिष्ठानका मूलभूत उद्देश्यहरु
– जनयुद्ध, जनआन्दोलन तथा जनताको मुक्तिको लागि गरिएका सबै वर्ग संर्घषहरुमा समेत सहादत प्राप्त गर्ने महान् शहीदहरु, वेपत्ता      योद्धाहरु, घाइते अपाङ्गता भएका योद्धाहरु, बन्दी भई यातना भोगेका योद्धाहरु समेतको सम्मान गर्ने,
– वहाँहरुको योगदानलाई संस्थागत गर्ने 
– उहाँहरुका परिवारलाई सम्मान एवं शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग गर्ने, 
– बेपत्ता योद्धाको खोजविन गरी सार्वजनिक गर्न पहल गर्ने 
– घाइते अपाङ्ता भएका योद्धाको स्वास्थ्य उपचारमा सहयोग गर्ने