इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np
हितराज पाण्डेको जन्म गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं ६ गाइखुरमा बि सं २०११ असोज ४ गते भएको थियो । बि ए, बि एड सम्म अध्ययन गरेर २२ बर्ष शिक्षण पेशामा रहनुभएका पाण्डे एक कुशल राजनीतिकर्मी हुनुहुन्छ । बि सं २०७३ सालमा नेपालको संघीय मामला तथा स्थानीय बिकास मन्त्री हुनुभएका पाण्डे २०७० र २०७९मा संबिधान सभा र संघीय संसदको सदस्य एवं मुख्य सचेतक रहिसक्नु भएको छ ।
जनयुद्धका क्रममा आफ्ना ज्येष्ठ सुपुत्र मिलन पाण्डेलाई गुमाएका पाण्डे शहीद प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार हुनुहुन्छ ।