फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

श्री शहीद स्मृति आवासीय माध्यमिक विद्यालय (दोलखा जिरी नगरपालिका बुल डाँडा)

विद्यालयको संछिप्त परिचय

विक्रम संवत २०५२ सालदेखि सुरु भएको १२ वर्षे जनयुद्घ, जनआन्दोलन, मधेस आन्दोलनका सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ नेपाल सरकारको “द्वन्दपिडित शिक्षा कार्यक्रम” अन्तरगत सहिद प्रतिष्ठान नेपाल मार्फत सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा घाइतेका परीवार र बन्दि परिवारलाई निशुल्क शिक्षा उपलब्ध गराउने उदेश्यका साथ वि.सं. २०६६ सालमा दोलखा जिल्लाको जिरी नगरपालिका वडा नं –६ मा श्री सहिद स्मृति आवासीय विद्यालय स्थापना भएको हो ।

यस विद्यालयमा तात्कालिन मध्यमाञ्चल विकासक्षेत्र, हाल बागमती प्रदेशका १३ जिल्ला सहित मधेश प्रदेशका ६ जिल्ला र कोशी प्रदेशका ओखलढुङ्गा र सोलुखुम्बु गरी २१ जिल्लाका विद्यार्थीहरु यस विद्यालयमा अध्ययनरत छन् । स्थापनाका केहि वर्षहरुमा लक्षित वर्ग (सहिद, बेपत्ता, घाइते तथा अपाङ्ग) का सन्ततीहरुलाई मात्र भर्ना लिइने गरिएकोमा पछि त्यस्ता विद्यार्थीहरुको संख्या कम हुँदै गएपछि वि.सं. २०७३ सालदेखि मापदण्डलाई केहि फराकिलो बनाउँदै प्रतिष्ठानले सिमान्तकृत तथा लोपोन्मुख जातजाती, विपद् प्रभावित बालबालिकाहरु, अति विपन्न दलित एवं अविभावक विहिन बालबालिकाहरुलाई आवासीय रुपमा भर्ना गरी निशुल्क शिक्षा प्रदान गर्दै आइरहेको छ ।

“सिपमुलक शिक्षा, बैज्ञानिक अभ्यास र व्यावहारिक ज्ञान प्रदान गरि प्रविधियुक्त, प्रगतिशिल र सामाजिक उत्तरदायीत्व सहितको शैक्षिक जनशक्ति उत्पादन गर्ने” विद्यालयको दुर दृष्टि रहेको छ ।  हाल विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म २४३ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायका विषयहरु अध्यापन भईरहेको छ । विद्यालयमा १७ शिक्षक र ८ कर्मचारी सहित २५ जना कार्यरत छन् । नियमित शिक्षणका अलवा विहान तथा बेलुका र सार्वजानिक विदाका दिनहरुमा नियमित संगीत तथा नृत्य, खेलकुद प्रशिक्षण सञ्चालन गर्ने गरिएको छ । बेलाबेलामा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा छोटो अवधिको सीपमुलक तालिमहरु समेत सञ्चालन गर्ने गरिएको छ । त्यसैगरी विद्यालयले सामुहिक पशुपालन, तरकारी खेति जस्ता उत्पादनमुलक कार्यहरु समेत गर्दैआएको छ । प्रत्येक महिनाको पहिलो सनिबार विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा सरसफाई, दोश्रो सनिबार स्थानीय क्षेत्रहरुको शैक्षिक भ्रमण, तेश्रो सनिबार विद्यालय बरपरका सार्वजानिक स्थलहरुमा श्रमदान र अन्तिम सनिबार शैक्षिक प्रदशनी सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरुको सिकाई उपलव्धि राम्रो रहनुका साथै खेलकुद लगायत अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट प्रदर्शन रहेको छ ।

img
img
विद्यालयको सम्पर्क

दोलखा जिरी नगरपालिका बुल डाँडा

विद्यालय सदस्यहरू

शिक्षक कर्मचारी विवरण


विद्यालय शिक्षक शिक्षिका

कुनै विद्यालय शिक्षक शिक्षिका उपलब्ध छैनन्

विद्यालय विद्यार्थी

कुनै विद्यालय विद्यार्थी उपलब्ध छैनन्

फोटो ग्यालरी