फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय (डोटी दिपायल शिलगढी नगरपालिका -३ राजपुर)

श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय

राजपुर, डोटी

 

पृष्ठभूमिः

      नयाँ नेपाल निर्माण गर्ने महान अभियानका रुपमा २०५२ साल फागुन १ गते जनयुद्ध सुरु भयो। जनयुद्धको क्रममा हजाराँैको संख्यामा जनताका छोराछोरीहरुको सहादत भयो । यस युद्धमा कैयौँ सहिद, बेपत्ता, घाइते र जेलबन्दी भए । खासगरी यस प्रक्रियामा जीवन बलिदान गर्ने सहिद, बेपत्ता र घाईते योद्धाका छोराछोरीहरुको भविष्यको सवाल गम्भीर बनिरहेको अवस्था र कमजोर आर्थिक र सामाजिक अवस्थाका कारण उनीहरुको शिक्षा दीक्षा सँगसँगै पालन पोषणलाई ग्यारेन्टी गर्न वि.स.२०६५ श्रावण  २९ गते तत्कालीन ने.क.पा.(माओवादी) का अध्यक्ष पुष्प कमल दाहाल संरक्षक रहने गरी स्व.पोष्ट बहादुर बोगटीको अध्यक्षतामा गठन गरिएको गैर नाफामुलक संस्था सहिद प्रतिष्ठान नेपालद्धारा यस श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको स्थापना वि.स.२०६६ सालमा भएको हो । यस विद्यालयको स्थापना संगै प्रा.वि., २०६७ सालमा नि.मा.वि. र २०७० सालमा मा.वि. तहको अनुमति प्राप्त गरी २०७१ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा सहभागिता जनाएको थियो । त्यसै गरी शै.स.२०७६ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरबाट डिप्लोमा तहको वनविज्ञान संकायको सम्बन्धन लिई नियमित संचालन भइरहेको छ र शै.स.२०८० देखि कक्षा ११÷१२ को पठनपाठन भईरहेको छ ।

      सुदुरपश्चिम प्रदेश डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका वडा न. ४ मा अवस्थित श्री सहिद स्मृति आवासिय मा.वि.ले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यस प्रदेशलाई आफ्नो कार्य क्षेत्र बनाउदै सहिद, घाईते, द्धन्द पीडित, टुहुरा, दलित, सडक बालबालिका, लोपोन्मुख जाति, हलिया तथा मुक्त कमैया गरिब परिवारका बालबालिकालाई  वर्तमान युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर अगाडि बढिरहेको छ ।

यस विद्यालयकोे नाममा १५ रोपनी पक्की घेरवार भएको जमिन रहेको छ । टिनको छाना भएको ५÷५ कोठाका २ वटा ब्लक् , २ तले पुस्तकालय भवन, १४ कोठे छात्रावास भवन, २९ कोठेछात्रवास दुईतले भवन, २ तले वन विज्ञान संकाय भवन, २ तले ६ कोठे अफिस तथा किचेन हल, ३ कोठे छात्र शौचालय एउटा युरिनेसन सहित भएको र ४ कोठे छात्रा शौचालय भवन १, ३ कोठे स्टाफ शौचालय भवन, १ हल रहेको छ ।

सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट अध्यक्ष रहेको ११ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानाध्यापक प्रमानन्द जोशी सहित १४ जना शिक्षकहरु, १ जना आंशिक खेल प्रशिक्षक र ९ कर्मचारीहरु रहेका छन् । 

img
img
img
विद्यालयको सम्पर्क

डोटी दिपायल शिलगढी नगरपालिका -३ राजपुर

विद्यालय सदस्यहरू

कुनै विद्यालय सदस्यहरू उपलब्ध छैनन्

विद्यालय शिक्षक शिक्षिका

कुनै विद्यालय शिक्षक शिक्षिका उपलब्ध छैनन्

विद्यालय विद्यार्थी

शै.स. २०८१ को विद्यार्थी विवरण :


फोटो ग्यालरी