फोन: +९७७ १ ५१७२७०९

इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np

संरक्षक

...

पुष्पकमल दाहाल 'प्रचण्ड'

बि सं २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुर पोखरीमा जन्मनु  भएका पुष्पकमल दाहाल 'प्रचण्ड' गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री र  नेपालका बरिष्ठ राजनीतिकर्मी हुनुहुन्छ । प्रचण्डले बि. एस्सी. हुदै एमपिए सम्म अध्ययन गर्नु भएको छ । 
वहां २०६४ साउन, २०७३ साउन र २०७९ पुषमा गरी ३ पटक नेपालको प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । प्रचण्ड २०६४म रोल्पा २ र काठमाण्डौ १० बाट, २०७० मा सिराहा ५ बाट, २०७४ मा चितवन ३ बाट र २०७९ मा गोरखा २ बाट संघीय संसदमा निर्वाचित हुनु भएको थियो । 
भुइँ मान्छेको आवाजलाई केन्द्रीय सत्तामा पुर्याउन, मुलुकमा गणतन्त्र सहितको संघीय समावेशी लोकतन्त्र स्थापना गर्न र प्रधानमन्त्री हुदा सुशासनको पक्षमा प्रभावकारी रुपमा सरकार सांचलन गर्न प्रचण्ड सफल भएको मानिन्छ । 
पुष्पकमल दाहाल प्रचण्ड स्थापनाकाल देखि हाल सम्म लगातार शहीद प्रतिष्ठान नेपालको संरक्षक हुनुहुन्छ ।