इमेल: sahidpratisthan@gmail.com
वेबसाइट: www.shahidpratisthan.org.np
शहीद प्रतिष्ठान नेपालको प्रारम्भिक कार्यसमिति २०६४ साल असोज ९ गते काठमाडौंमा स्थापना भएको थियो। यस प्रतिष्ठानको संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष दिवंगत पोष्टबहादुर बोगटी ‘दिवाकर’ हुनुहुन्थ्यो। स्थापना कालमा १५ सदस्यीय तदर्थ समिति गठन भए पनि पछि ७ हुँदै हाल ९ सदस्यीय कार्यसमिति क्रियाशील छ। संस्थापक अध्यक्ष दिवंगत पोष्टबहादुर बोगटी हुनुहुन्थ्यो भने हितराज पाण्डे, एकराज भण्डारी, र कृष्णप्रसाद सापकोटाले विभिन्न कार्यकालमा अध्यक्षता गर्नुभएको छ। हाल धर्मशीला चापागाईं प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ।